शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

पुरानै बाटोमा फर्किए प्रचण्ड

पुरानै बाटोमा फर्किए प्रचण्ड

  • मिडिया डबली
  • आइतवार, चैत्र ८ २०७७

  • 6.3K
    SHARES

  • पुरानै बाटोमा फर्किए प्रचण्ड

    काठमाडौं – नेकपा एमालेसँग पार्टी एकीकरण गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग हात मिलाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय पहिचानका कुरा गर्न छाडेका थिए ।

    तर एमाले अलग र माओवादी अलग भएपछि अब फेरि प्रचण्ड पुरानै बाटोमा हिँड्दै पहिचानका कुरा गर्न थालेका छन् ।

    पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आईतवार दलित मुक्ति मोर्चाद्वारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताए । दलित र महिलालाई विशेषाधिकार दिन आफूले पहल गरेको समेत प्रचण्डले दाबी गरे ।

    विशेषाधिकार विना महिला र दलितहरूले वास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइन्यूटमा नै ‘नोट अफ डिसेन्ट’ राखेर भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भएपनि मुद्दा छाडेको भनि प्रचार भएको प्रचण्डले बताए ।

    प्राप्त अधिकार उपयोग गर्दै बाँकी अधिकारका निम्ति लड्ने नीति लिएको भन्दै प्रचण्डले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको दाबी गरे । ‘तपाईंहरूलाई लाग्दो हो प्रचण्डले छाडेको हो कि हाम्रो मुद्दालाई भन्ने लाग्दो हो, त्यो चाहिँ साँचो होइन । मैले जति आन्दोलनको बलबाट र आजको राजनीतिक परिस्थितिमा प्राप्त हुनसक्ने जति अधिकार चाहिँ लिने र बाँकी अधिकारको निम्ति आन्दोलन जारी राख्ने नीति लिएको हो,’ प्रचण्डले भने, ‘न मैले विशेषाधिकार छोडेको छु । न मैले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै उत्पीडितहरूले पाउनुपर्ने पहिचान र अधिकारको मुद्दा छोडेको छु ।’

    संविधानलाई गतिशील र परिवर्तनशील दस्तावेजको रूपमा संविधान संशोधनको माध्यमबाट परिमार्जन गर्दै लैजाने र उत्पीडितको अधिकार र पहिचानलाई स्थापित गर्दै लैजाने बाटो अपनाएको प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले संविधानमा दलित, महिला, मधेशी, आदिवासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताएका छन् ।

    नेपालको संविधान स्वीकार गर्न नसक्ने देशीविदेशीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको आरोप समेत प्रचण्डले लगाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend