आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड र बाबुरामबीच पटक–पटक गोप्य भेटवार्ता भएको रहस्य खुल्यो, के छ भित्रि मिसन ?

प्रचण्ड र बाबुरामबीच पटक–पटक गोप्य भेटवार्ता भएको रहस्य खुल्यो, के छ भित्रि मिसन ?

  • मिडिया डबली
  • आइतवार, चैत्र ८ २०७७

  • 12.4K
    SHARES

  • प्रचण्ड र बाबुरामबीच पटक–पटक गोप्य भेटवार्ता भएको रहस्य खुल्यो, के छ भित्रि मिसन ?

    काठमाडौं – नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटक–पटक भेटघाट गरेको खुल्न आएको छ । 

    निरन्तरका भेटबाट प्रचण्डले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट देखिएको छ । अहिले अलग–अलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।

    प्रचण्ड–भट्टराई सम्बन्ध निकै पुरानो हो । १० वर्षे माओवादी जनयुद्धभर उनीहरु एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरु लामो समय सँगै रहन सकेनन् ।

    राजनीतिक रुपमा टकराव हुन थालेपछि उनीहरुबीचको सम्बन्धमा दरार आयो । त्यसपछि भट्टराईले तत्कालीन माओवादी पार्टी त्यागेर नयाँ शक्ति नामक अर्को पार्टी खोले । त्यसको केही समयपछि उनले तत्कालीन मधेसी जनअधिकार फोरमसँग आफ्नो पार्टीलाई एकीकृत गराए ।

    तत्कालीन माओवादीमा रहँदैखेरि प्रचण्ड–भट्टराईबीच पैदा भएको तिक्तता लामो समय कायम रह्यो । पछिल्लो समय भने भट्टराईसँग विगतमा बिग्रिएको सम्बन्धलाई पुनर्ताजगीकरण गर्ने प्रयासमा प्रचण्डले सक्रियता बढाएका हुन् ।

    डा. भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार एक/डेढ महिनाका बीचमा प्रचण्ड–भट्टराईबीच ३ पटक एक्लाएक्लै भेटवार्ता भइसकेको छ । उनीहरुबीच अरु संयुक्त भेटघाट भने धेरैपटक भएको हुनसक्ने आकलन उनले गरेका छन् ।

    भेटको उद्देश्य केपी ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने र अहिलेको संकटलाई निकास दिनेमै केन्द्रित हुने गरेको उनले बताए ।

    करीब डेढ महिनाअघि तत्कालीन नेकपा प्रचण्ड–नेपाल पक्षले पहिलोपटक काठमाडौंमा प्रदर्शन गरेको दिन प्रचण्डले भट्टराईलाई भेटेका थिए । भेटघाटको चाँजोपाँजो उपराष्ट्रपति नन्दकिशोर पुनले मिलाएका थिए ।

    माओवादी जनयुद्धताका प्रचण्ड, भट्टराई र पुनबीच विशेष सम्बन्ध रहेको बताइन्छ । भेटघाट उपराष्ट्रपति निवासमै भएको थियो ।  

    त्यसको केही समयपछि प्रचण्ड फेरि टोखास्थित भट्टराई निवासमै पुगेका थिए । पछिल्लो भेट अघिल्लो शनिवार भएको थियो । सो दिन पनि प्रचण्ड भट्टराई निवासमै पुगेका थिए ।

    पछिल्लो राजनीतिक खिचातानीमा भट्टराईले प्रचण्डलाई साथ दिँदै आएका छन् । प्रचण्ड कुनै पनि अवस्थामा ओली सरकार ढाल्न चाहन्छन् । त्यसका लागि उनले जसपाको साथ खोजेका छन् । कसलाई साथ दिने भन्ने विषयमा जसपा विभाजित छ । भट्टराईलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले साथ दिएका छन् ।

    जसपाभित्रको विवादमा भट्टराई र यादव एकै ठाउँमा उभिएका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो अर्को कित्तामा छन् । भट्टराई र यादवका कारण जसपा प्रधानमन्त्री केपी ओली कित्तामा जान सकेको छैन ।

    भट्टराई र यादव कुनै पनि अवस्थामा ओलीसँग मिलेर सरकार बनाउने पक्षमा छैनन् । यी २ नेता अहिले माओवादी केन्द्रसँग निकट मानिएका छन् । त्यसो त जसपाका अध्यक्ष यादवसँग पनि प्रचण्डको पुरानो सम्बन्ध हो ।

    कुनै बेला यादव पनि तत्कालीन माओवादी पार्टीमै आवद्ध थिए । माओवादी जनयुद्धकै बेला उनी माओवादी पार्टीबाट अलग भएका थिए र मधेशी जनअधिकार फोरम गठन गरेका थिए । विभिन्न राजनीतिक आरोह–अवरोहसँगै अहिले भट्टराई र यादव एकै पार्टीमा आइपुगेका छन् ।

    भट्टराईका सहयोगी पोखरलले दाहालले भट्टराईलाई भेट्नुको मुख्य उद्देश्य पुरानो सम्बन्धलाई स्मरण गराउनुभन्दा पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्नु रहेको बताएका छन् । ‘उहाँहरुबीच पुरानो सम्बन्ध होला तर त्योभन्दा ठूलो अहिलेको संकटलाई कसरी टार्ने भन्ने विषयमा कुराकानी हुने गरेको छ,’ उनले भने ।

    नयाँ सरकार निर्माणको विषयमा छलफल गर्न भट्टराई पनि पटक–पटक माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । यसबीचमा माओवादी केन्द्र र जसपाका नेताहरुबीच पटक–पटक कुराकानी भएको छ । जुन कुराकानीमा भट्टराई सहभागी हुने गरेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend