काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले ४ जना नेतालाई कारवाही गर्न स्पष्टीकरण सोध्ने निर्णय गरेपछि नेता भीम रावलले कडा जवाफ दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै नेता रावलले स्पष्टीकरण सोध्ने निर्णय अवैध रहेको बताए ।
जनअपेक्षा अनुसार काम गर्न नसकेको सरकारले राष्ट्रहित विपरीतका काम गरेको आरोप समेत नेता रावलले लगाएका छन् ।
उनले लेखेका छन्, ‘केपी ओलीजीले म समेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ । यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो ।’
यस्तो छ नेता रावलको धारणा –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।