आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारको एमाले बैठक सकियो, यस्ता छन् निर्णयहरू

बालुवाटारको एमाले बैठक सकियो, यस्ता छन् निर्णयहरू

  • मिडिया डबली
  • शनिवार, चैत्र ७ २०७७

  • 7.0K
    SHARES

  • बालुवाटारको एमाले बैठक सकियो, यस्ता छन् निर्णयहरू
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीका ५ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    सांसद समेत रहेका नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउने तथा सरकारको बदनाम गराउन गुटगत भेला गरेको निष्कर्ष निकाल्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

    शनिवार बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ ।

    पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाई, मनोनयन तथा कारबाही गर्ने अधिकार ओलीलाई प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको स्रोतले जनाएको छ ।

    बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend