आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले दिएको पद नखाने माधव नेपालको घोषणा

केपी ओलीले दिएको पद नखाने माधव नेपालको घोषणा

  • मिडिया डबली
  • शनिवार, चैत्र ७ २०७७

  • 7.3K
    SHARES

  • केपी ओलीले दिएको पद नखाने माधव नेपालको घोषणा

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले दिएको संसदीय बोर्ड सदस्य पद नखाने घोषणा गरेका छन् ।

    एमाले संसदीय दलको अघिल्लो बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको थियो । बोर्डमा खनाल र नेपाललाई सदस्य राखिएको थियो । खनाल र नेपालको उपस्थिति विना नै दुवै जनालाई ओली अध्यक्षताको बैठकले सदस्य पदमा चयन गरेको थियो ।

    आज शनिवार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने घोषणा गरेका हुन् ।

    ‘म र झलनाथ खनाल २ जना बबुरोहरूलाई कृपादृष्टि पुर्‍याएर ठाउँ दिनुभएछ,’ उनले भने, ‘हामीले हुन्छ प्रभू भने भनेनौं, त्यो बोर्डमा हामीलाई बस्दैनौं ।’

    संसदीय बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै नेता नेपालले छलफल गरेर अगाडि बढे आफूहरू तयार रहेको समेत बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend