काठमाडौं – पार्टी संसदीय दल बोर्डमा सांसद संख्या बढाउनेसहित नयाँ व्यवस्थासहित नेकपा एमालेले संसदीय दलको विधान पारित गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले परिमार्जनसहित विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले बताएका छन् । बोर्डले सांसदलाई कारवाही प्रक्रिया अगाडि बढाउने गर्छ ।
आजै शनिबार नै बस्ने केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने भट्टराईले बताएका छन् । ‘नेपालको संविधान, एमालेको विधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूल हुने गरी विधान संशोधन गरेका छौं,’ उनले भने, ‘नयाँ व्यवस्थामा २७ सदस्य रहेको संसदीय बोर्डमा सदस्य संख्या २९ जना पुर्याउने र एकतिहाइ महिला रहने व्यवस्था गरिएको छ ।’
दलको विधानमा संसदीय दलको उपनेता नेताले मनोनयन गर्ने व्यवस्था समेत गरिएको छ । यसअघि संघीय संसदका दुबै सदनका सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था भएकोमा संशोधन गरेर प्रतिनिधि सभाका सांसदले मात्र चयन गर्ने जनाइएको छ ।
प्रधानमन्त्री ओलीले छुट्टै भेला गर्ने माधवकुमार नेपाल पक्षीय अगुवालाई कारवाही गर्न विधान संशोधन लगायत विधि र प्रक्रिया मिलाउन थालिएको जानकारी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।