सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

म राष्ट्रपतिको मान्छे हुँ, मलाई एमालेको ह्वीप लाग्दैन : बामदेव गौतम

म राष्ट्रपतिको मान्छे हुँ, मलाई एमालेको ह्वीप लाग्दैन : बामदेव गौतम

  • मिडिया डबली
  • शनिवार, चैत्र ७ २०७७

  • 6.8K
    SHARES

  • म राष्ट्रपतिको मान्छे हुँ, मलाई एमालेको ह्वीप लाग्दैन : बामदेव गौतम

    काठमाडौं – नेकपा एमालेका नेता बामदेव गौतमले आफू राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त सांसद भएकाले एमाले संसदीय दलको ह्वीप नलाग्ने बताएका छन् ।

    एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको बैठकमा पुगेका नेता गौतमले आफू राष्ट्रपतिबाट चुनिएकाले दलको ह्वीप नलाग्ने स्पष्ट पारे ।

    ‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ । संसदीय दलको बैठकमा मलाई नबोलाए पनि हुन्छ भन्ने लागेको हो । मलाई ह्वीप लाग्दैन भन्ने मेरो बुझाइ हो । तथापि म दलको निर्देशन भन्दा बाहिर जान्न,’ उनले भने ।

    उनले आफू संसद विघटन र अविश्वासको प्रस्ताव कतै पनि नलागी पार्टी एकता जोगाउन लागिपरेको बताएका छन् । ‘म कतै लागिनँ । पाटी एक बनाउन लागें, कहिले कसैलाई बढी र कसैलाई कम भने हुँला,’ गौतमले भने ।

    फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि आफू खुसी भएको पनि गौतमले बताए । ‘पार्टी राजनीतिक रूपमा र व्यावहारिक रूपमा फुटेको थियो । निर्वाचन आयोगले फुटाउन नसकेको मात्रै थियो,’ गौतमले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend