काठमाडौं – नेकपा एमालेभित्र विभाजन देखिएको बेला वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षमा एकपछि अर्काे विद्रोह भइरहेको छ ।
खनाल–नेपाल पक्षले सहभागी नहुने निर्णय गर्दागर्दै पनि गत बिहीबारको बैठकमा सांसद गंगा चौधरी सहभागी भएकी थिइन् । आज शनिबार समेत नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेपनि उनी पक्षीय सांसद बैठकमा गएका छन् ।
नेता नेपाल पक्षमा सक्रिय रहँदै आएका चितवन जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद कृष्णभक्त पोखरेल प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
प्रधानमन्त्री ओली निवास बालुवाटारमा शनिबार बसेको बैठकमा पोखरेल सहभागी भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने मध्येका एक पोखरेल यसअघि माधव नेपाल पक्षमा लागेका लागेका थिए ।
पोखरेल लगायत केही सांसद बिहीवार पनि संसदीय दलको बैठकमा सहभागी हुन खोजे पनि अन्तिममा रोकिएको थियो । संसदीय दलको बैठकमा सहभागी हुन सानेपाबाट हिँडेका उनीहरूलाई बीच बाटोबाटै फर्काइएको थियो ।
शनिबारको बैठकमा सहभागी पोखरेलले ओलीलाई साथ दिने बताएका छन् । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवनबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी नेकपा एमाले चितवन जिल्लाको अध्यक्ष समेत रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।