आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जसपाभित्र उथलपुथल ल्याउने उपेन्द्रको त्यो ६ पेजको प्रतिवेदन, ‘केपी ओली नाङ्गो चरा’ !

जसपाभित्र उथलपुथल ल्याउने उपेन्द्रको त्यो ६ पेजको प्रतिवेदन, ‘केपी ओली नाङ्गो चरा’ !

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 16.6K
    SHARES

  • जसपाभित्र उथलपुथल ल्याउने उपेन्द्रको त्यो ६ पेजको प्रतिवेदन, ‘केपी ओली नाङ्गो चरा’ !

    काठमाडौं – नयाँ सरकार बनाउन निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टी (जसपा) भित्र यतिबेला विवाद चर्किएको छ । सतहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने कि विपक्षी दलको नेतृत्वलाई सघाउने भन्ने विवाद देखिएपनि नयाँ विवादबारे खुलासा भएको छ ।

    बिहीबार जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । अन्तिममा बैठक स्थगित भयो । सत्ता सहकार्यबारे निर्णय हुने ठानिएको बैठक किन स्थगित भयो होला ? सबैतिर चासो देखिएको छ ।

    कार्यकारिणी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्ष उपेन्द्र यादवले तयार पारेको प्रतिवेदनका कारण विवाद उत्पन्न भएको खुलासा भएको छ । अर्का अध्यक्ष महन्थ ठाकुरलाई जानकारी नै नदिई प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष यादवले ६ पेजको प्रतिवेदन तयार पारेका थिए ।

    तत्कालीन समाजवादी पार्टी (सपा) पक्षीय अध्यक्ष यादव र डा. बाबुराम भट्टराईले तयार गरेको प्रतिवेदनबारे अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोलाई पूर्वजानकारी नै नदिइएपछि बैठक नै स्थगित भएको थियो । स्रोतका अनुसार प्रतिवेदनमा समावेश भएका विषयवस्तुबारे पदाधिकारी बैठकमा विवाद भएपछि कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

    बैठक स्थगित गरेर अध्यक्ष ठाकुर साँझ पूर्व राजपा नेताहरुसँग इन्द्रेणी फूडल्याण्डमा बैठक बसेका थिए । जसले समायोजनका लागि ६ सदस्यीय कार्यदल समेत बनाएको छ ।

    कार्यकारिणी समितिको बैठकमा पेश गर्न अध्यक्ष यादवले तयार पारेको राजनीतिक प्रतिवेदन देखेर अध्यक्ष ठाकुर र महतो चिढिएका छन् । अध्यक्ष ठाकुरले सहकार्यका लागि ओलीसँग कुराकानी गरिरहेका बेला यादवको प्रतिवेदनमा प्रधानमन्त्री ओलीविरुद्ध आक्रोश व्यक्त गरिएको छ ।

    प्रतिवेदनमा उल्लेख छ, ‘चरा नाङ्गै हिँड्छ तर लाज हुँदैन, ओली पनि नाङ्गै छन् तर लाज छैन ।’ प्रतिवेदनमा ओलीलाई नाङ्गै चरासँग तुलना गरिएको र यस्तो प्रतिवेदन पार्टीमा पेश भए ओलीसँग सम्बन्ध बिग्रिने चिन्तापछि बैठक नै स्थगित भएको स्रोतले जनाएको छ ।

    प्रतिवेदनमा उल्लेख छ, ‘प्रधानमन्त्री आफैंले विघटन गरेको संसद पुनःस्थापना हुँदा पनि राजीनामा गरेनन्, बरु अझै टिक्न सकिन्छ कि भनेर विभिन्न हत्कण्डाहरु अपनाइरहेका छन् ।’ 

    प्रतिवेदनमा ओलीको राजीनामा मागिएको छ भने जसपाकै नेतृत्वमा सरकार बनाउनुपर्ने उल्लेख गरिएको छ । ‘भनिन्छ ऐन जलाएर चैन हुँदैन, त्यसैले सत्तारुढ दल र प्रधानमन्त्रीले यसको निकास दिनुपर्छ र नयाँ सरकार बनाउनका लागि बाटो खुला गरिदिनुपर्छ । यस्तो अवस्थामा जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्छ ।’ 

    प्रतिवेदनमा थप लेखिएको छ, ‘प्रधानमन्त्रीले हाम्रो पार्टीसँग सहकार्यका लागि प्रस्ताव गरेका छन्, हामीले पनि यसलाई माननीय रेशम चौधरी लगायतका मधेश आन्दोलन र थरुहट आन्दोलनका सम्पूर्ण राजबन्दी रिहाइ तथा झूटा मुद्दा खारेजीका लगि अवसरका रुपमा उपयोग गरौं तर विगतमा संविधान संशोधनका लागि रुपान्तरित संविधान सभामा लगेको संविधान संशोधनसम्बन्धी प्रस्ताव त्यसरी नै संघीय समाजवादी फोरमसँग भएको २ बुँदे सम्झौताको कार्यान्वयमा विश्वासघात तथा अहिलेसम्म हामीले दर्ता गरेको गैरसरकारी विधेयकलाई छलफलमा ल्याउन समेत अनिच्छुक रहेको परिपेक्ष्यमा हामीले यसलाई शंकाको लाभको रुपमा हेर्नुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend