आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजीनामापछि विद्या भण्डारीबाट फटाफट नियुक्ति (विज्ञप्तिसहित)

राजीनामापछि विद्या भण्डारीबाट फटाफट नियुक्ति (विज्ञप्तिसहित)

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 5.9K
    SHARES

  • राजीनामापछि विद्या भण्डारीबाट फटाफट नियुक्ति (विज्ञप्तिसहित)

    काठमाडौं – नेपालका महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएपछि केही घण्टामै फटाफाट अर्का व्यक्तिलाई नियुक्त गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट रमेश वडाललाई महान्यायाधिवक्ता नियुक्त गरिएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल निवासी अधिवक्ता श्री रमेश वडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।’

    12.jpg

    यसअघि महान्यायाधिवक्ताको पदबाट खरेलले राजीनामा दिएका थिए ।

    राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूमार्फत नेपालका महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलले नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७७/१२/६ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनुभएको छ । साथै, उहाँले महान्यायाधिवक्ताको हैसियतले सम्पादन गर्नुभएको कार्यप्रति सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ ।’

    123.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend