आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी व्यक्तिलाई केपी ओलीको सिफारिसमा विद्या भण्डारीबाट नयाँ नियुक्ति

यी व्यक्तिलाई केपी ओलीको सिफारिसमा विद्या भण्डारीबाट नयाँ नियुक्ति

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 11.8K
    SHARES

  • यी व्यक्तिलाई केपी ओलीको सिफारिसमा विद्या भण्डारीबाट नयाँ नियुक्ति

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानूनी सल्लाहकार महान्यायाधिवक्ता पदका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।

    शुक्रबार अग्नि खरेलले महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएपछि बडाललाई नियुक्त गर्न सिफारिस गरिएको हो ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडाललाई महान्यायाधिवक्ता पदमा नयाँ नियुक्ति दिइएको स्रोतले जनाएको छ ।

    पछिल्लो नेकपा विवादमा धेरैजसो कानून व्यवसायीहरु प्रचण्ड–माधव पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए । उनी निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रुपमा समेत जाने गरेका थिए ।

    अग्नि खरेलले शुक्रबार महान्यायाधिवक्ता पदबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

    बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव समेत हुन् । उनी श्रम कानूनका विज्ञ मानिन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend