आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुको यस्तो रहस्य, सांसद बन्ने तयारी

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुको यस्तो रहस्य, सांसद बन्ने तयारी

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 6.7K
    SHARES

  • महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुको यस्तो रहस्य, सांसद बन्ने तयारी

    काठमाडौं – सरकारका महान्यायाधीवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

    शुक्रबार पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको घोषणा गरेका छन् ।

    राजीनामाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएपछि खरेलले पत्रकार सम्मेलन गरेका हुन् । खरेल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मनोनित भएर सहभागी हुने स्रोतले जनाएको छ ।

    खरेलले झापाबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको होइन,’ स्रोतले भन्यो । चुनाव लडेर खरेलले सांसद बन्ने तयारी गरेका छन् ।

    मन्त्रिपरिषद् बैठकको सिफारिसमा खरेल राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७४ फागुनमा महान्यायाधिवक्ता नियुक्त भएका थिए । वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुबै संविधान सभामा सदस्य रहेका थिए ।

    राजीनामा दिँदै खरेलले आफ्नो कार्यकालमा थुप्रै सुधारका काम गरेको दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend