आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको अर्काे बैठक फेरि बहिष्कार !

केपी ओलीको अर्काे बैठक फेरि बहिष्कार !

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 10.8K
    SHARES

  • केपी ओलीको अर्काे बैठक फेरि बहिष्कार !

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशभर संगठनात्मक अभियान चलाउने निर्णय गरेको छ ।

    बिहीवार सकिएको राष्ट्रिय भेलाले तलदेखि माथिसम्म संगठनात्मक अभियान चलाउने निर्णय लिएको पार्टी सचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । भेलाले आगामी चैत ७ गतेका लागि ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निर्णय समेत गरेको छ ।

    ‘अब हामी देशभर बैठक, भेला र प्रशिक्षण चलाउँछौं । यो ३–४ महिनाको हुनसक्छ, समय तोकेका छैनौं । व्यापक रूपमा संगठनको परिचालन, प्रशिक्षण र कार्यकर्तालाई बुझाउने अभियान सुरू गर्छौं । पार्टी एकतापूर्व २०७५ जेठ २ गतेको कमिटीलाई आधार मानेर अभियान अगाडि बढाउँछौं,’ भेला समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

    भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनमा लागेको भएपनि अन्तिमसम्म एकता बचाइराख्न प्रयास गर्ने बताए । ‘हालै एक अन्तर्वार्तामा ओलीले नै म संवाद नै गर्दिनँ भन्नुभएको छ । दुनियाँको कोही नेताले संवाद गर्दिनँ भन्दैन तर उहाँले भन्नुभएको छ,’ उनले भने, ‘उहाँको यो निरकुंश शैलीले एकता सम्भव छैन । उहाँ विभाजनका लागि उद्यत हुनुहुन्छ तर हामी अन्तिमसम्म एकताको पक्षमा छौं । हाम्रो तर्फबाटट विभाजनको घोषणा हुँदैन ।’ 

    अध्यक्ष ओलीले कारबाही गर्नेबारे दिएको अभिव्यक्तिमा सचिव भट्टराईले भनेका छन्, ‘कारबाही गर्न किन ढिला गर्नुभएको छ ? हामी छक्क परेका छौं ।’

    भट्टराईले आफूहरू ओलीले बोलाएको चैत ७ गतेको बैठकमा नजाने समेत स्पष्ट पारेका छन् । ‘बाटो–बाटोमा थपिएको केन्द्रीय कमिटीको बैठकमा जाँदैनौं । चैत ७ गतेको बैठक केन्द्रीय कमिटीको होइन, गुटको बैठक हो,’ भट्टराईले भने ।

    बैठकमा सहभागिताका लागि फागुन २३ गतेपछिका निर्णय सच्याउनुपर्ने र जेठ २ गते अगाडि फर्कनुपर्ने शर्त रहेको समेत सचिव भट्टराईले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend