आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बहिष्कार गरेको बालुवाटार बैठकबाट माधव नेपाल र झलनाथ खनाल बोर्ड सदस्य निर्वाचित

बहिष्कार गरेको बालुवाटार बैठकबाट माधव नेपाल र झलनाथ खनाल बोर्ड सदस्य निर्वाचित

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 11.9K
    SHARES

  • बहिष्कार गरेको बालुवाटार बैठकबाट माधव नेपाल र झलनाथ खनाल बोर्ड सदस्य निर्वाचित

    काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको छ । दलको अनुशासन उल्लंघन गरेमा कारवाहीका लागि बोर्ड बनाउने गरिएको छ ।

    बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत सदस्य निर्वाचित गरिएको सांसद शेरबहादुर तामाङले बताए । तर बोर्डका अधिकांश सदस्य प्रधानमन्त्री ओली पक्षका रहेका छन् ।

    नेता खनाल र नेपालले बैठक नै बहिष्कार गरेका बेला उनीहरूलाई सदस्य निर्वाचित गरिएको छ । बोर्डमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहने व्यवस्था छ ।

    बोर्डमा सुमन प्याकुरेल, खिमलाल भट्टराई, बिमला पौडेल राई, बिन्दा पाण्डे, दामोदर भण्डारी, राधा ज्ञवाली, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, मोहन बानियाँ, नारदमुनि राना, भूपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक पनि सदस्य रहेको सांसद शेरबहादुर तामाङले बताएका छन् ।

    बैठकले पार्टीको विधान संशोधनका लागि प्रस्ताव तयार गर्न मुख्य सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौडेल राई सदस्य रहेको कार्यदल गठन गरेको छ ।

    बैठकमा खनाल–नेपाल समूहका सांसदहरु अनुपस्थित रहेका थिए । संसदीय दलको बैठक चैत्र ७ गते बिहान फेरि बस्ने पूर्व कानूनमन्त्री समेत रहेका तामाङले बताए ।

    प्रतिनिधिसभा निर्वाचन भएको झण्डै साढे ३ वर्षपछि नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend