काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठकले पार्टी संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भएको बैठकले संसदीय दलको २७ सदस्यीय बोर्ड गठन गर्न निर्णय समेत गरेको छ ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक भएको थियो भने बैठकलाई माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बहिष्कार गरेको छ ।
बैठकबाट गठन गरिएको विधान संशोधन समितिमा मुख्य सचेतक विशाल भट्टराई, पूर्वमन्त्री शेरबहादुर तामाङ र बिमला राई सदस्य रहेका छन् ।
बैठकले गुटगत भेला नगर्न, पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न र आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरूलाई आह्वान गर्ने निर्णय समेत गरेको छ । पार्टीमा नआए विधान अनुसार स्पष्टीकरण सोधिने र कावारहीको प्रक्रिया अगाडि बडाउने निर्णय समेत बैठकले गरेको छ ।
ललितपुरको सानेपामा रहेको एक होटलमा माधव नेपाल पक्षले बिहीबार बिहान छलफल गरेर बालुवाटार बैठकमा नजाने निर्णय गरेको थियो ।
माधव पक्षका मानिएका सांसद लालबाबु पण्डित, बामदेव गौतमकी पत्नी तुलसा थापा, गंगा चौधरी सहभागी सांसद ओलीको बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।