आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल पक्षभित्र विद्रोह, यी सांसदहरू लागे ओलीतिर !

माधव नेपाल पक्षभित्र विद्रोह, यी सांसदहरू लागे ओलीतिर !

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 8.2K
    SHARES

  • माधव नेपाल पक्षभित्र विद्रोह, यी सांसदहरू लागे ओलीतिर !

    काठमाडौं – नेकपा एमालेका सांसदहरु लालबाबु पण्डित, तुलसी थापा र गंगा चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् ।

    यसअघि कुनै गुटमा नखुलेको लालबाबु पण्डित संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।

    एमालेभित्र निर्णायक मानिएका नेता बामदेव गौतमकी पत्नी तुलसी थापा र यसअघि माधवकुमार नेपाल पक्षमा रहेकी गंगा चौधरी सत्गौवा पनि बैठकमा उपस्थित भएकी हुन् । बैठकमा सहभागी नहुने निर्णय गरेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद समेत ओलीको बैठकमा पुगेका छन् ।

    संसदीय दलको बैठक केहीबेरमा बालुवाटारमा शुरू भइरहेको छ । यसअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

    राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको सानेपामा बिहीबार बिहान बसेको सांसदहरूको बैठकले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको सांसद सोमप्रसाद पाण्डेले बताएका छन् ।

    स्थायी कमिटी सदस्यहरू बाहेकका सांसद सहभागी हुनेबारे छलफल भएपनि अन्तिममा नजाने निर्णय भएको अर्का सांसद गणेश पहाडीले बताएका छन् ।

    एमाले दलका नेता ओलीले बोलाएको बैठक बालुवाटारमा शुरू भइरहेको छ । बैठकमा खनाल–नेपाल पक्ष सहभागी नहुने भएपछि सन्नाटा छाएको ओली पक्षीय एक सांसदले जानकारी दिए ।

    कार्यकर्ता भेला चलिरहेको समयमा दलको बैठक बोलाइएकाले सहभागी नहुने निष्कर्ष निकालिएको बताइएको छ ।

    बैठकमा सहभागी हुन सूर्य चुनाव चिह्नबाट जितेका सबैलाई अनिवार्य उपस्थितिको लागि ह्वीप जारी गरिएको एमाले मुख्य सचेतक विशाल भट्टराईले बताएका छन् । बैठकमा सहभागी नहुने सांसदलाई कारवाही गर्ने तयारी समेत ओली पक्षले गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend