आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जसपाले आज गर्ला ओली सरकारमा जाने वा नजाने निर्णय ?

जसपाले आज गर्ला ओली सरकारमा जाने वा नजाने निर्णय ?

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 5.4K
    SHARES

  • जसपाले आज गर्ला ओली सरकारमा जाने वा नजाने निर्णय ?

    काठमाडौं – नयाँ सरकार गठनका लागि नेकपा एमाले लगायत अन्य दलसँग छलफल गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बिहीबार बिहान ११ बजे बस्न लागेको छ ।

    देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको समायोजन, संसदीय दलको नेता चयन लगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको छ । 

    नयाँ सत्ता समीकरणको चर्चा चलिरहेको बेला जसपा नेपालमाथि सबैको ध्यान रहेको छ । सरकार निर्माणका लागि कसलाई सहयोग गर्ने भन्ने विषयमा आज बिहीबारको बैठकले निष्कर्ष निकाल्ने कार्यकारिणी समिति सदस्य मनिष सुमनले बताएका छन् ।

    प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारलाई सघाउने कि अर्को नयाँ सरकार बनाउन माओवादी केन्द्रलाई सघाउने भन्ने विषयमा जसपाभित्र फरक–फरक मत रहेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू जसले माग पूरा गर्छ उसैलाई सघाउने बताउँदै आएका छन् भने ओलीलाई ‘प्रतिगमनकारी’ भन्दै वर्तमान सरकारलाई कुनै हालतमा सहयोग गर्न नसकिने अध्यक्ष उपेन्द्र यादव लगायतका नेताको अडान छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend