आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली सरकारको अचाक्ली मूल्यवृद्धिविरुद्ध उत्रियो नेविसंघ

ओली सरकारको अचाक्ली मूल्यवृद्धिविरुद्ध उत्रियो नेविसंघ

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 4.6K
    SHARES

  • ओली सरकारको अचाक्ली मूल्यवृद्धिविरुद्ध उत्रियो नेविसंघ

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मातहतको नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको अचाक्ली मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । 

    संघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

    नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने विज्ञप्तिमार्फत माग गरिएको छ । 

    ‘कोरोनाका कारण आहत भएका जनतालाई राहत दिनुको सट्टा उल्टै ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसंघ घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

    नेविसंघले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिररूपमा कायम राख्न समेत आग्रह गरेको छ ।

    पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्न समेत नेविसंघले सरकारसँग माग गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend