आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीविरुद्ध देशभरबाट उठ्यो संघर्षको ज्वाला ! यस्ता कर्तुतको पर्दाफास

केपी ओलीविरुद्ध देशभरबाट उठ्यो संघर्षको ज्वाला ! यस्ता कर्तुतको पर्दाफास

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 6.9K
    SHARES

  • केपी ओलीविरुद्ध देशभरबाट उठ्यो संघर्षको ज्वाला ! यस्ता कर्तुतको पर्दाफास
    फाइल तस्वीर

    काठमाडौं – ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारासहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको २ दिने राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

    काठमाडौंमा भइरहेको राष्ट्रिय भेलामा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री नेपालले अवधारणा–पत्र पेश गर्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप लगाएका छन् ।

    कार्यक्रममा बोल्ने प्रायः सबैजसोले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपै–आरोप लगाए ।

    उद्घाटन सत्र सकेर सुरू भएको बन्द सत्रमा अवधारणापत्र पेस गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओली एमाले विभाजन गर्न अगाडि बढेकाले पार्टी एकता बचाउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुपरेको दाबी गरेका छन् । अवधारणा पत्रमा ओलीको कार्यकालको समीक्षा गर्दै राजीनामा माग गरिएको छ ।

    ‘संविधानको गलत व्याख्या गर्दै अदालतले २ पार्टीको राजनीतिक एकतालाई कानूनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अघिको अवस्थामा पुर्‍यायो । त्यो घटना कम्युनिस्ट आन्दोलनका लागि हामी आफैंले कबोल गरेका वाचाको प्रतिकूल थियो । त्यसमा समेत हर्षबढाइँ गरेर कमरेड केपी ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरुको पराजयका रुपमा प्रचार गराउनुभयो,’ अवधारणा पत्रमा उल्लेख छ ।

    एमाले नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र डा. बेदुराम भुसाल सहितको ५ सदस्यीय कार्यदलले अवधारणापत्र तयार गरेको बताइएको छ ।

    ७० वर्षमा कम्युनिस्ट आन्दोलनले गरेको त्याग, बगाएको रगत, भोगेको यातना, खपेको बलिदान, कमाएको प्रतिष्ठा, प्रदर्शन गरेको धैर्य, प्रमाणित गरेको दूरदृष्टिको रक्षा गर्न, त्यसबाट मुलुकले पाएका उपलब्धिको विस्तार गर्न र श्रमजीवी जनवर्गको पक्षमा अझ नयाँ–नयाँ क्षितिज उघार्दै अघि बढ्न पर्याप्त सम्भावना रहेको विषयलाई समेत अवधारणा पत्रमा उल्लेख गरिएको छ ।

    राष्ट्रिय भेलामा सहभागी नेताको १० वटा समूह बनाएर समूहगत छलफल भइरहेको छ । वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको अवधारणा पत्रमा छलफल हुने र समूहका नेताले सुझाव प्रस्तुत गर्ने बताइएको छ । जनवर्गीय संगठन र पेशागत संगठन, पूर्व सांसद– पूर्व केन्द्रीय सदस्यहरु–केन्द्रीय निकाय तथा विभागहरु, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी समूहहरूको विभाजन गरिएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् ।

    कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीलाई विभाजनतर्फ लैजान लागेको आरोप लगाएका छन् । खनालले सर्वोच्च अदालतको फैसलापछि पार्टीको बैठक राखेर नयाँ रुपले अघि बढ्ने पहलकदमी लिनुपर्नेमा प्रधानमन्त्री ओलीले गुट भेलाबाट पार्टीको विधानविपरीत निर्णय गरेको आरोप लगाएका छन् ।

    एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष ओलीको समूहले फागुन २८ गते गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने बताइन् । भेलालाई सम्बोधन गर्दै शाक्यले केपी समूहले गरेको निर्णय विधिसम्मत नभएको बताउँदै भनिन्, ‘फागुन २८ गतेको भेला पार्टीको होइन गुटको हो, त्यो विधिसम्मत छैन । त्यसलाई नसच्याएसम्म कुनै छलफल हुन सक्दैन ।’

    ओलीइतरका नेताहरुको सहभागिता रहेको भेलामा वरिष्ठ एवं अग्रज नेताहरुको विशेष सहभागिता रहेको छ । कम्युनिस्ट आन्दोलनका अग्रज तथा एमालेका पुराना नेताहरु कमल कोइराला, मोहनचन्द्र अधिकारी, केशव पोखरेल, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, अमृतलाल बोहरा लगायतको विशेष सहभागिता रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend