आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्र माधव नेपालको भेला देखेपछि ईश्वर पोखरेल गम्भीर !

एमालेभित्र माधव नेपालको भेला देखेपछि ईश्वर पोखरेल गम्भीर !

  • मिडिया डबली
  • बुधवार, चैत्र ४ २०७७

  • 29.8K
    SHARES

  • एमालेभित्र माधव नेपालको भेला देखेपछि ईश्वर पोखरेल गम्भीर !

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले गरेको राष्ट्रिय कार्यकर्ता भेला देखेर एमाले महासचिव ईश्वर पोखरेलले गम्भीर बनेका छन् ।

    पार्टीको निर्देशन विपरीत भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया महासचिव पोखरेलले दिएका छन् ।

    महासचिव पोखरेलले हिजो बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भेलामा सहभागी नहुन निर्देशन जारी गरेका थिए । तर पोखरेलको निर्देशन विपरीत एमालेका देशभरका नेता कार्यकर्ता भेलामा सहभागी भएका छन् ।

    पार्टी अध्यक्षको निर्देशन विपरीत भेला आयोजना भएको सम्बन्धमा बुधवार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरीतका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् । पोखरेलले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरीत भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताएका छन् ।

    पार्टी अध्यक्षले धुम्बाराहीमा नेताहरूलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरूलाई चैत ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताएका छन् ।

    ‘अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुद पनि भेला भएको छ । आज र भोलि आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ,’ उनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend