आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई ठूलो धक्का : दिनैपिच्छे बहिष्कार !

केपी ओलीलाई ठूलो धक्का : दिनैपिच्छे बहिष्कार !

  • मिडिया डबली
  • बुधवार, चैत्र ४ २०७७

  • 9.5K
    SHARES

  • केपी ओलीलाई ठूलो धक्का : दिनैपिच्छे बहिष्कार !

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सरकारमा र पार्टीभित्र विवादमा मुछिएका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले ब्युताइदिएपछि अध्यक्ष ओलीले एकतर्फी निर्णय गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष अर्कैतिर हिँडेको छ ।

    खनाल–नेपाल पक्षले बुधबार छुट्टै राष्ट्रिय भेला सुरु गरेको छ । प्रधानमन्त्री ओलीले हिजो मंगलबार बोलाएको चियापान कार्यक्रम खनाल–नेपाल पक्षले बहिष्कार गर्‍यो ।

    प्रधानमन्त्री ओली भोलि बिहीबार फेरि बहिष्कार हुने भएका छन् । नेता नेपाल पक्षले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भोलि बिहीबार बिहानका लागि बोलाएको संसदीय दलको बैठकमा उपस्थित नहुने जनाएको छ ।

    प्रधानमन्त्री ओलीले भोलि बिहीवार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीति र पार्टीभित्रको विवादको विषयमा छलफल गर्नका लागि भन्दै एमाले संसदीय दलको बैठक बोलाएका छन् । 

    नेकपा एमालेको नेपाल पक्षका नेताहरुले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने जनाएका छन् । भोलि बिहीबार समेत नेता नेपाल पक्षको भेला रहेको छ ।

    ‘आज मात्र हामीलाई मोबाइलमा सूचना आएको थियो कि प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाउनुभएको छ भनेर,’ एमाले सचिव योगेश भट्टराईले भने ।

    राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाहा पाउँदा–पाउँदै संसदीय दलको बैठक बोलाइएकाले आफूहरु उपस्थित हुन नसक्ने भट्टराईले बताएका छन् । ‘संसदीय दलका नेता, प्रधानमन्त्री, संसदीय दलको कार्यालयलाई यो कुरा राम्रोसँग जानकारी थियो कि एमालेको राष्ट्रिय कार्यकर्ता भेला भइरहेको छ । संघीय सांसद, प्रदेश सांसद र संसदीय फाँटका व्यक्तिहरुको यहाँ उपस्थिति छ भन्ने उहाँहरुलाई राम्रोसँग थाहा थियो,’ भट्टराईले भनेका छन् ।

    संसदीय दलमा जान कुनै समस्या नरहेको तर बिहीवार बोलाइएको बैठकको समय अनुकूल नभएको भट्टराईले बताए । ‘संसदीय दलमा जानका लागि कुनै समस्या छैन । हामीले राष्ट्रिय कार्यकर्ता भेलाको कार्यव्यस्तताले भोलिको बैठकमा उपस्थित हुन सक्दैनौं भनेर जानकारी गराएका छौं । अनुकूल हुने समयमा हामी जान्छौं भनेका छौं,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend