काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेता माधवकुमार नेपाल पक्षका नेताहरूले भोलि बुधबार र पर्सि बिहीबार राष्ट्रिय कार्यकर्ता भेला राखेपछि महासचिव पोखरेलले विज्ञप्ति नै जारी गर्दै पार्टीले कुनै भेला आयोजना नभएको स्पष्ट पारेका छन् ।
‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता–कार्यकर्तालाई विशेष निर्देशन गर्दछ,’ महासचिव पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महासचिव पोखरेलले निर्देशन विपरीत हिँडेमा पार्टी र संसदीय दलको विधानअुसार हुने चेतावनी समेत दिएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।