आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारले फेरि बढायो पेट्रोलको मूल्य, कति पुग्यो ?

ओली सरकारले फेरि बढायो पेट्रोलको मूल्य, कति पुग्यो ?

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३ २०७७

  • 12.1K
    SHARES

  • ओली सरकारले फेरि बढायो पेट्रोलको मूल्य, कति पुग्यो ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मातहतको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

    पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ कायम भएको छ ।

    हवाई ईन्धन (आन्तरिक उडानतर्फ) साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेर ७४ रुपैयाँ कायम भएको छ ।

    एलपी ग्यास तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान तर्फ) को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।

    मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ९.३५ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३९२.८२ रुपैयाँ घाटा कायम रहने उनले बताएका छन् ।

    अर्धमासिक रुपमा निगमलाई करीब १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा रहिरहने उपाध्यायले बताएका छन् ।

    घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने गरिने उनले जानकारी दिए ।

    पछिल्ला महिनामा सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै आएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend