आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेव गौतमले केपी ओलीलाई भेटेरै प्रचण्डबारे यसो भनेपछि ...

बामदेव गौतमले केपी ओलीलाई भेटेरै प्रचण्डबारे यसो भनेपछि ...

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३ २०७७

  • 14.0K
    SHARES

  • बामदेव गौतमले केपी ओलीलाई भेटेरै प्रचण्डबारे यसो भनेपछि ...

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको खुलासा गरेका छन् ।

    मंगलवार एकता अभियानको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आफूले ओलीलाई आग्रह गरेको बताए ।

    नेता गौतमले सोमवार आफूले दुबै नेताहरूलाई भेटेको जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तर्विरोध समाधान गराउन भूमिका खेल्नुपर्ने समेत गौतमले बताए ।

    ‘अब तपाईंको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थीहरू नआउने सरकार, त्यसरी नचलाउनुस् । तपाईंले आह्नान गर्नुस् कि हामी फेरि पनि वामपन्थी सरकार दिन चाहन्छौं । त्यसो भएर नेपालका कम्युनिस्ट पार्टीहरू सबैसित म हार्दिक आह्वान गर्छु कि हामीसित वार्तामा आउनुस्, सँगै बसौं र देशलाई अगाडि बढाउनको निम्ति हातेमालो गरौं भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरि पनि मुख्यशक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुनेछन् र तपाईंले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस्,’ गौतमले ओलीलाई भनेको कुरा बैठकमा जानकारी दिए ।

    नेकपा एमालेका नेताहरूलाई पनि सम्मानपूर्ण व्यवहार गर्न ओलीलाई आग्रह गरेको उनले बताए । ओलीले आफूलाई साथ दिन आग्रह गरेको र भनेका कुरा पूरा भए आफू आउने बताएको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend