आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई बहिष्कार गरिएपछि बालुवाटारमा सन्नाटा, त्यसपछि यस्तो धम्की !

केपी ओलीलाई बहिष्कार गरिएपछि बालुवाटारमा सन्नाटा, त्यसपछि यस्तो धम्की !

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३ २०७७

  • 18.1K
    SHARES

  • केपी ओलीलाई बहिष्कार गरिएपछि बालुवाटारमा सन्नाटा, त्यसपछि यस्तो धम्की !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षले बुधबार र बिहीबार आयोजना गर्न लागेको भेलामा सहभागी नहुन एमाले कार्यकर्तालाई सचेत गराएका छन् ।

    भेलामा सहभागी भए पार्टीको विधान र दल सम्बन्धी कानुनअनुसार कारवाही हुने धम्की समेत ओलीले दिएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार केन्द्रीय सदस्य र सांसदहरूका लागि आयोजना गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीमा अराजकता अब स्वीकार्य नहुने बताएका छन् ।

    ‘सर्वोच्चको फैसलापछि पार्टी २०७५ जेठ ३ अगाडि फर्कियो भन्दा छुट्टै भेला गरेर निहुँ खोजिएको छ । राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने अरे,  कसैले अर्को पार्टी कमिटी बनाउन सक्छ समानान्तर कमिटी होइन,’ उनले भने, ‘अराजकता, अनुशासनहीनता जस्ता कुरा, एकता विरोधी कुरामा छुट हुने छैन । अचाक्ली भयो ।’

    बुधबारका लागि आयोजना गरिएको भेला अवैधानिक भन्दै ओलीले सहभागी भए पार्टी विधान र दलीय कानुन अनुसार कारवाही हुने चेतावनी समेत दिए । 

    ‘पार्टीमा हामी सबैले एकताबद्ध भएर काम गर्नुपर्छ । अनुशासनहीन भयो भने पार्टीको विधान छ, कानुन छ, संसद नियमावली छ । दल सम्बन्धी कानुन छ, यी सबै कुरामा ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘हामीले खोजेको एनार्किज्म होइन, सुसभ्य समाज स्थापनाका लागि अनुशासित पार्टी चाहिन्छ । भोलि भेला आह्वान गरेको छ, एमाले नेता सम्वद्ध कुनै गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई सजग र सचेत गराउन चाहन्छु ।’

    आफूले बोलाएको चियापान कार्यक्रममा उपस्थित नभएको भन्दै ओलीले माधव नेपाल पक्षप्रति आक्रोश व्यक्त गरे । ‘नाम लिन परेन, कसले बोलाएको चियापानमा जानुहुन्छ उहाँहरू, सबैलाई थाहा छ,’ ओलीले भने । नेपाल पक्षले ओलीले बोलाएको चियापान बहिष्कार गरेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend