काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपाल पक्षको रणनीति ‘कम्फरटेबल पार्टी’मा विलीन हुने रहेको आरोप लगाएका छन् ।
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रलाई ‘कम्फरटेबल पार्टी’ भनेर व्यंग्य गरेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले संसदमा १०–२० जनाले फ्लोर क्रस गरेर कारवाही भोग्ने समेत बनाएका छन् ।
बाँस्कोटाले लेखेका छन्, ‘माधव रणनीति स्पष्ट छ – गुट भेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०–२० ले फ्लोर क्रस गरेर कारवाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिइएन भनेर कुर्लने र चुनाव छेक्न नेपाल कम्फरटेबल पार्टीमा विलीन हुने । स्पष्ट अब अरु हुनुपर्छ जो अझै अलमलमा छन् । नत्र ४ गतेको भेला किन ?’
यसअघि सोमबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच छलफल हुँदा समेत सहमति जुट्न सकेको छैन । नेता नेपाल पक्षले ४ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।