काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटवार्ताको ‘अफर’ गरेका छन् ।
सोमबार ओलीले प्रचण्डलाई फोन गरेर भेटवार्ताको प्रस्ताव गरेको माओवादी केन्द्रका प्रचण्डनिकट एक नेताले जानकारी दिए ।
आजै सोमबार प्रधानमन्त्री ओलीले एमालेको माधवकुमार नेपाल पक्षसँग कुराकानी गरेपनि सहमति जुट्न सकेन । फागुन २८ गतेको एमाले केन्द्रीय कमिटी विशेष बैठकका निर्णय रद्द गर्नुपर्ने नेपाल पक्षको मागलाई ओलीले नमानेपछि सहमति जुट्न सकेन ।
‘उहाँ (ओली) ले भेटौं कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ । प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नुभएछ,’ प्रचण्डनिकट नेताले भनेका छन्, ‘त्यसपछि उहाँले बिहान–साँझ समय मिलाएर भेटौं न भन्नुभएछ । त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग–अलग भएपछि अब के कुरा छ र भन्नुभयो ।’
ओलीले प्रचण्डलाई आफूले केही कुरा गर्न चाहेको बताएका छन् । ‘तपाईंको कुरा तपाईंसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ । मैले भनेको कुरा तपाईंले मान्नुपर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नुपर्छ भन्ने पनि छैन तर म केही कुरा गर्न चाहन्छु,’ ओलीले भनेका थिए ।
गत पुस १५ गते ओलीले प्रचण्डपत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डलाई फोन गरेका थिए । त्यसपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको छैन । ओलीले प्रचण्डसँग के कुराकानी गर्न चाहेका हुन् भन्ने खुलेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।