आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावललाई केपी ओलीको यस्तो ‘सरप्राइज’ : देख्नेहरू नै छक्क !

भीम रावललाई केपी ओलीको यस्तो ‘सरप्राइज’ : देख्नेहरू नै छक्क !

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 122.9K
    SHARES

  • भीम रावललाई केपी ओलीको यस्तो  ‘सरप्राइज’ : देख्नेहरू नै छक्क !

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई नेपाली राजनीतिको चतुर खेलाडी त्यसै भनिएको छैन । आफ्नो खरो आलोचकलाई कि त भित्तामा पुर्याउने, कि त च्याप्ने उनको शैली छ । 

    यसैक्रममा महिनौं लामो तिक्तता तोड्दै एमालेका नेताहरु छलफलमा जुटेका छन् । दोस्रो तहका नेताहरुको प्रयासमा पार्टी कार्यालय धुम्बाराहीमा नेताहरुबीच छलफल जारी छ । आजको छलफलले फुटको बाटोतिर लागेको एमालेलाई फेरि एकतातर्फ अघि बढाउने अपेक्षा कार्यकर्ताले गरेका छन् ।

    छलफलमा केपी ओली तथा माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुसमेत छन् । वरिष्ठ नेता झलनाथ खनाल भने देखिएका छैनन् । 

    सबैभन्दा रोचक भने ओली र नेपालसँग छलफलको अंगपंक्तिमा उपाध्यक्ष भीम रावललाई राखिएको छ । नेता नेपालको छेउमा रावल तथा ओलीको छेउमा महासचिव ईश्वर पोखरेललाई राखिएको छ । जुन रावलका लागि सरप्राइज भएको छ । उनी ओलीका चर्का आलोचकमध्ये एक हुन् । 

    ओलीले चाल्ने हरेक कदमको रावलले आपत्ति जनाउँदै आएका छन् । उनी ओलीको तिखो आलोचना गर्न कहिल्यै छाड्दैनन् । तर, पनि आजको महत्वपूर्ण छलफलमा रावललाई समान हैसियत दिनुले ओली निकै गलेको आभास एमालेजनले गरेका छन् ।

    छलफलमा सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, रघुजी पन्तलगायत  सहभागी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend