आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा पासा पल्टियो, माधव नेपालले ओलीको ‘अफर’ नमानेपछि ...

एमालेमा पासा पल्टियो, माधव नेपालले ओलीको ‘अफर’ नमानेपछि ...

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 37.2K
    SHARES

  • एमालेमा पासा पल्टियो, माधव नेपालले ओलीको ‘अफर’ नमानेपछि ...

    काठमाडौं – नेकपा एमालेमा चर्किएको विवादबीच पासा पल्टिएको छ ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पेलेरै लैजान खोजेको भएपनि पासा पल्टिएर अब फकाउनुपर्ने भएको छ ।

    छलफलका लागि ओलीले नेपाललाई बालुवाटार आउन गरेको ‘अफर’ नमानेपछि ओली पक्ष पार्टी कार्यालय धुम्बाराही जानुपर्ने अवस्थामा पुगेको छ । ओलीले अधिकांश भेटघाट र बैठक बालुवाटारमै गर्ने गर्छन् ।

    ओली र नेपाल पक्षबीच झण्डै साढे ३ महिनापछि भेटवार्ता हुँदैछ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपाल पक्षबीच औपचारिक भेटवार्ता हुन सकेको छैन ।

    फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूताइदिएपछि चैत्र ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले नेपालसँग छलफल गर्दै सहमति गर्न खोजेका छन् ।

    भेटवार्ताको लागि ओलीले आग्रह गरेपछि नेपाल सहितका नेताहरू धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेका छन् । ‘अध्यक्षज्यूले भेट्न बालुवाटार बोलाउनुभएको थियो, नेता नेपालले बालुवाटार नआउने भनेपछि पार्टी कार्यालय धुम्बाराहीमा भेट्ने कार्यक्रम तय भएको छ,’ स्रोतले भन्यो ।

    प्रतिनिधिसभा विघटन भएपछि दुबै नेताले एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै आएका थिए । गत शुक्रबार अध्यक्ष ओलीले एकतर्फी रुपमा जिम्मेवारी हेरफेर गरेपछि माधवकुमार नेपाल पक्ष आक्रोशित भएको छ ।

    नेता नेपाल पक्षका नेताहरुले आइतवार संयुक्त वक्तव्य जारी गर्दै ओलीले एकपक्षीय रुपमा गरेका निर्णय नमान्ने बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend