आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटार आएर चियापान गर्न माधव नेपाललाई केपी ओलीको निम्तो 

बालुवाटार आएर चियापान गर्न माधव नेपाललाई केपी ओलीको निम्तो 

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 4.3K
    SHARES

  • बालुवाटार आएर चियापान गर्न माधव नेपाललाई केपी ओलीको निम्तो 

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किंदै गएका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई चियापानको निम्तो पठाएका छन् ।

    प्रधानमन्त्री ओलीले भोलि मंगलवार बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । चियापान कार्यक्रममा पार्टीका सबै केन्द्रीय कमिटी सदस्यलाई निम्तो दिइएको छ । जसमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समेत परेका छन् ।

    अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बाह्रौं बैठकको पूर्वसन्ध्यामा चियापान आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई बिहान ११ बजे बालुवाटारमा उपस्थित हुन एसएसएसमार्फत निम्तो पठाइएको छ ।

    प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले नेताहरूलाई म्यासेज पठाएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि ओलीले निम्तो पठाएका छन् ।

    अध्यक्ष ओलीले चैत ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । तर खनाल–नेपाल पक्षका नेताहरूले भने बैठकमा सहभागी नहुने जनाएका छन् ।

    सर्वोच्च अदालतको फैसलाले एमालेलाई साविकको अवस्थामा फर्काए पनि ओलीले एकलौटी निर्णय गरेपछि एमालेमा विवाद चर्किंदै गएको छ ।

    खनाल–नेपाल पक्षले समेत समानान्तर कमिटी गठन गरेको छ । एमालेको विवादको जानकारी निर्वाचन आयोग समेत पुगेको छ ।

    आईतवार खनाल–नेपाल पक्षले ओलीले गरेको निर्णय विधान विपरीत रहेकाले वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र पठाइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend