काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीभित्रै मोर्चाबन्दी भएको छ ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यले सामूहिक विज्ञप्ति निकालेर फागुन २८ गते बालुवाटारमा बसेको भनिएको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय रद्द गर्न माग गरेका छन् ।
वरिष्ठ नेता खनाल, नेपालसहित उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, गोकर्णराज विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डे लगायतले संयुक्त विज्ञप्ति निकालेर पार्टी अध्यक्ष केपी ओलीको स्वेच्छाचारी कदम भण्डाफोर गर्न र पराजित गर्न आह्वान गरेका छन् ।
यस्तो छ वक्तव्यको पूर्णपाठ –




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।