आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीले माओवादीलाई एमाले केन्द्रीय सदस्य बनाएपनि अन्ततः प्रचण्डको शरणमा

ओलीले माओवादीलाई एमाले केन्द्रीय सदस्य बनाएपनि अन्ततः प्रचण्डको शरणमा

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 20.0K
    SHARES

  • ओलीले माओवादीलाई एमाले केन्द्रीय सदस्य बनाएपनि अन्ततः प्रचण्डको शरणमा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको जालमा परेर नेकपा एमालेतिर लागेका नेकपा माओवादी केन्द्रका सांसद ठम्मर विष्ट अन्ततः माओवादी अध्यक्ष प्रचण्डको शरणमा पुगेका छन् ।

    माओवादीबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्ट फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका हुन् । २ दिनअघि मात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै फर्किएका छन् ।

    आईतवार सांसद विष्ट अध्यक्ष प्रचण्डसँगको वार्तापश्चात् पार्टीमा फर्किएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मायाप्रसाद शर्मा ‘पारसमणि’ले जानकारी दिएका छन् ।

    ‘हामीले उहाँसँग विभिन्न वैचारिक र सैद्धान्तिक बहस गरेका थियौं । त्यो बहसका आधारमा उहाँ नेकपा माओवादी केन्द्रमा फर्किनुभएको छ । अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत समेत गर्नुभएको छ,’ उनले भने ।

    पदको लोभमा फर्किएको भन्ने टिप्पणीबारे उनले भनेका छन्, ‘उहाँलाई मन्त्री बनाउने वा अन्य पद दिने भन्नेबारे केही सहमति भएको छैन । उहाँ आफैं माओवादी आन्दोलनको जिम्मेवार नेता भएका कारण आत्मालोचना गरेर फर्किनुभएको छ ।’

    विष्टले गत असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका थिए । विष्टले केही समयपछि हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए ।

    मुख्यमन्त्री शाहीले एमालेमा प्रवेश गरेका सांसदहरुलाई कारबाही गर्ने भनेका थिए । माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले समेत एमालेतिर लागेकाहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend