आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीसँगको साँठगाँठ थाहा भएपछि जसपाभित्र उथलपुथल, १३ सांसदको अर्कै धार !

ओलीसँगको साँठगाँठ थाहा भएपछि जसपाभित्र उथलपुथल, १३ सांसदको अर्कै धार !

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 15.2K
    SHARES

  • ओलीसँगको साँठगाँठ थाहा भएपछि जसपाभित्र उथलपुथल, १३ सांसदको अर्कै धार !

    काठमाडौं – भाबी सरकार गठनबारे जसपा निर्णायक बनेका बेला सांसदहरूले अनौपचारिक भेला गरेर सरकारभन्दा पहिला राजनीतिक मुद्दा र एजेन्डामा केन्द्रित हुन नेतृत्वलाई सुझाव दिएका छन् ।

    एमाले अध्यक्ष ओली नेतृत्वकै सरकारमा सहभागी हुने कि एमाले इतरको सरकार बनाउने भन्ने छलफल जसपाभित्र र बाहिर चलिरहेका बेला १३ जना सांसदले मुद्दा केन्द्रित राजनीति गर्न सुझाव दिए ।

    तत्कालीन राजपा र समाजवादी पार्टी दुबै तर्फका सांसद उपस्थित रहेको भेलामा सबै जनाले सरकारभन्दा पहिला पार्टीले उठाएका माग सम्बोधन हुनुपर्ने निष्कर्ष निकालेका सांसद एकवाल मियाँले जानकारी दिए ।

    ‘हामी अनौपचारिक रूपमा भेला भएका हौं । पार्टी फुट्न लाग्यो, सरकारमा मात्रै जान लाग्यो भन्ने हल्ला बाहिर व्याप्त भएको छ । त्यसै सन्दर्भमा कुराकानी गर्न बसेका हौं,’ मियाँले भने ।

    भेलामा मियाँसहित सांसदहरू प्रमोद शाह, रामबहादुर राई, डा. सुरेन्द्र यादव, उमाशंकर अरगरिया, रामसहायप्रसाद यादव, नरमाया ढकाल, रानी मण्डल, रेनुका गुरुङ, प्रमिला यादव, रुही नाज र अमृता अग्रहरी सहभागी रहेका थिए ।

    राजपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वकै सरकारमा सहभागी हुन उपयुक्त हुने अडानमा रहेका छन् भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारमा जानै नहुने अडानमा छन् । ठाकुर र महतोकै जोडबलमा कार्यदल समेत गठन गरेर प्रधानमन्त्री ओलीसँग छलफल भइरहेको छ ।

    आज आईतबार सांसदहरूको भेला यादवकै निर्देशनमा गरिएको जसपाका एक नेताले जानकारी दिए । पूर्ववत् राजपा खेमाका ती नेताले भने, ‘ओली पक्षसँग अघि बढेको छलफललाई निस्तेज पार्न सांसदहरूको भेला गराइएको हो ।’

    यस्तै, प्रतिनिधि सभाको निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जानसक्ने चर्चाबीच अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य हुने नसक्ने घोषणा गरेका छन् ।

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष यादवले भने, ‘प्रतिगामीसँग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री ओलीसँग भएको वार्ता रेशम चौधरीको रिहाइका लागि मात्रै हो, सत्ता साझेदारीका लागि हैन ।’

    अध्यक्ष यादवले कम्युनिस्ट र कांग्रेस दुवै शक्ति सरकार चलाउन असफल सिद्ध भएको भन्दै अब सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिनुपर्ने धारणा राखेका छन् । सरकारको नेतृत्व गर्न जसपा सक्षम रहेको बताउँदै यादवले केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने घोषणा गरेका छन् ।

    अध्यक्ष यादवले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने र सम्भव नभए ओलीइतरका माओवादी केन्द्र र नेपाली कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउने समेत बताएका छन् ।

    यसैबीच, एमाले अध्यक्ष ओलीका कारण शुक्रवार एमालेभित्र भएको घटनापछि ओलीसँगको सहकार्य गर्ने सम्भावना कम भएको जसपाका नेताहरू बताउँछन् । ‘एमाले भित्रको झगडाले ओली नेतृत्वको सरकारमा जाने सम्भावना घटेको छ । हामी गए पनि नेपाल पक्षले संसदमा असहयोग गरेको खण्डमा ओली सरकार ढल्छ,’ नेता महिन्द्रराय यादवले भने ।

    शुक्रवार ओलीले एमालेमा आफू र महासचिवबाहेक अरु सबै पदाधिकारीको पद खारेज गरेका थिए । ओलीको यस्तो निर्णयपछि एमालेभित्रको अन्तर्संघर्ष थप जटिल र पार्टी नै विभाजनतर्फ उन्मुख भएको देखिएको छ ।

    एमालेका १२० सांसद र जसपाका ३२ सांसदले समर्थन गर्दा ओली सरकारले नै निरन्तरता पाउने भएपनि नेपाल पक्ष चिढिएर पार्टी विभाजनतर्फ उन्मुख भएपछि जसपाले समर्थन गरेपनि ओली नेतृत्वको सरकार नरहने आकलन हुन थालेको छ ।

    नेकपा माओवादी केन्द्रले एमालेको विकल्पमा आफू सहितको सरकार बनाउन कांग्रेस र जसपालाई प्रस्ताव गरिरहेको छ । पार्टीभित्र भट्टराई र यादवले चाहनाअनुसार कांग्रेस, माओवादी र जसपाको गठबन्धन बन्ने सम्भावना बढेको नेता यादवले बताएका छन् ।

    ‘एमाले बाहेककै सरकार बन्ने अवस्था विकसित हुँदैछ । तर पनि चैत ५ गते हाम्रो केन्द्रीय कार्यकारिणीको बैठक छ । त्यसपछि अवस्था अझ क्लीएर हुन्छ,’ उनले भने ।

    जसपाबाट ओलीसँग वार्ता गर्न गठन गरिएको कार्यदलका सदस्य समेत रहेका नेता लक्ष्मणलाल कर्णले कुरा ठोस रूपमा अघि नबढेको बताएका छन् । ‘सरकार र हामी हाम्रा कार्यकर्तालाई लगाइएको मुद्दाबारे अध्ययन गरिरहेका छौं । शुक्रवारपछि कुरा भएको छैन । अवस्था हेर्दा यो स्थिति केही समय लम्बिन्छ जस्तो छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend