काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट हेपिएर समानान्तर अभ्यास सुरू गरेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका छन् ।
खनाल र नेपालसँग कुराकानी गर्न केन्द्रीय कमिटी बैठक स्थगित गरेर प्रचण्ड कोटेश्वर पुगेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आईतबारदेखि सुरू भएर सोमबारसम्म स्थगित गरिएको छ ।
बैठकमा ७ प्रदेश, सम्पर्क मञ्च, प्रवास र विशेष प्रदेश कमिटीका नेताहरूले बिफ्रिङ गरेपछि बैठक स्थगित गर्दै प्रचण्ड कोटेश्वर निस्किएका जनाइएको छ ।
सर्वोच्च अदालतले माओवादी केन्द्र र नेकपा एमाले ब्युँताएपछि प्रचण्ड र खनाल–नेपाल अलग–अलग भएका थिए । खनाल र नेपालले एमाले रहेर संघर्ष गर्ने घोषणा गरेका थिए । तर एमाले अध्यक्ष ओलीले नेपाल पक्षलाई खबर नै नगरी केन्द्रीय कमिटी बैठक राखेर जिम्मेवारी खोसेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।