काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रूपमा गरेको निर्णय विधानसम्मत नभएको दाबी गर्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।
निर्वाचन आयोगमा १०३४ नम्बरमा दर्ता भएको पत्रमा पार्टी विधानको धारा ४१ मा पार्टी विभिन्न कमिटीका बैठकहरूको आयोजना हुनुपर्ने भएकाले बैठक नै नबोलाई गरिएका निर्णय विधानअनुकूल ठहर नहुने उल्लेख गरिएको छ ।
‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरूको आयोजना हुने विधि निर्धारण गरिएको छ । केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा एमालेको विधि, पद्धति र अभ्यास रहँदै आएको छ । त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरू पार्टी विधान अनुकूल ठहरिँदैनन् । सर्वोच्च अदालतको फैसलाबाट झण्डै ३ वर्षपश्चात् नेकपा एमाले यथावत् पुनर्जीवित भएकाले त्यसले पार्टीका पद्धतिसंगत बैठकहरू क्रमशः आयोजना गरी आफूलाई पुनः क्रियाशील तुल्याउनुपर्ने कुरा स्पष्ट छ,’ पत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष ओलीले गरेका निर्णय विधानविपरीत भएकाले गुट विशेषका निर्णयलाई वैधता नदिनु भन्दै खनाल–नेपाल पक्षले आयोगमा पत्र पठाएको हो । पत्रमा स्थायी कमिटीका ११ सदस्यहरूले हस्ताक्षर गरेका छन् ।
यस्तो छ पत्रको पूर्णपाठ –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।