काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फेर्ने तयारी सुरु गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनको एजेन्डा राखिएको छ । नेताहरुका अनुसार पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रस्ताव गर्ने सम्भावना प्रबल छ ।
आजको बैठकमा संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासन, राष्ट्रिय भेलालगायतका विषय एजेन्डामा राखिएको छ । माओवादी केन्द्र राख्दा नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय समुदाय भड्किने भएकाले प्रचण्डले पार्टीको नाम फेर्ने गृहकार्य थालेका हुन् ।
एमालेका असन्तुष्ट माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम समूहलाई सजिलो हुने गरी प्रचण्डले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्न लागेका हुन् । प्रचण्डले माधव र झलनाथ समूहले चाँडै एमालेमा विद्रोह गर्न सक्ने बताइसकेका छन् ।
माओवादी केन्द्रका केही नेता एमालेमा गएको र एमालेका धेरै नेतालाई पार्टीमा भित्र्याउन सजिलो हुने ठानेर प्रचण्डले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्न लागेको बुझिएके छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले बदर गरेपछि दुवै दल अलग अलग अस्तित्वमा आएका छन् ।
अदालतले नेकपा नाम ऋषिराम कट्टेललाई दिएपछि एमाले र माओवादी केन्द्रको एकता खारेज भएको हो । एमाले अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय समिति पुनर्गठन गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।