आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीतिर लागेका यी माओवादीहरूलाई कारवाही गर्न बैठक बस्दै

केपी ओलीतिर लागेका यी माओवादीहरूलाई कारवाही गर्न बैठक बस्दै

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 4.3K
    SHARES

  • केपी ओलीतिर लागेका यी माओवादीहरूलाई कारवाही गर्न बैठक बस्दै

    काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज आईतबार बस्दैछ ।

    नेकपा माओवादीको शनिवार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।

    आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले देशको समसामयिक राजनीतिक परिदृश्यबारे छलफल गर्ने माओवादीका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

    बैठकमा एमालेमा लागेर जिम्मेवारी पाएका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

    शनिबारको स्थायी कमिटी बैठकले सरकारमा रहेका ७ जना मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको थियो ।

    माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभू साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री रहेका छन् । 

    गृहमन्त्री समेत रहेका थापासहित २३ नेतालाई शुक्रवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्य मनोनित गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend