आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. बाबुराम भट्टराईको घोषणा : केपी ओलीलाई समर्थन गर्न सकिन्न !

डा. बाबुराम भट्टराईको घोषणा : केपी ओलीलाई समर्थन गर्न सकिन्न !

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २९ २०७७

  • 4.2K
    SHARES

  • डा. बाबुराम भट्टराईको घोषणा : केपी ओलीलाई समर्थन गर्न सकिन्न !

    काठमाडौं – टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरी लगायत नेताको रिहाइको शर्तमा केपी ओली सरकारलाई समर्थन गर्न नसकिने जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम  भट्टराईले घोषणा गरेका छन् ।

    जसपाकै महन्थ ठाकुर पक्षले जेलमा रहेका चौधरी सहितका नेताको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्न सकिने गरी छलफलमा चलाइरहेको बेला नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ओलीलाई समर्थन गर्न नसकिने घोषणा गरेका छन् ।

    नेकपा एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रुपमा हल भइरहेको अवस्थामा थारु विद्रोहका नेताहरू किन रिहाइ नहुने भन्ने प्रश्न रहेको उनले बताए ।

    उनले लेखेका छन्, ‘रेशम चौधरी लगायतका थारु विद्रोहका नेताहरुको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुन सक्दैन । एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रुपमा हल हुन सक्छन् भने थारूको मात्र किन नहुने भन्ने हो ! कुनै भ्रम नरहोस् !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend