आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज एमालेले गरेका निर्णयहरू यस्ता छन्, पढ्नुहोस् प्रेस वक्तव्य

आज एमालेले गरेका निर्णयहरू यस्ता छन्, पढ्नुहोस् प्रेस वक्तव्य

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 8.7K
    SHARES

  • आज एमालेले गरेका निर्णयहरू यस्ता छन्, पढ्नुहोस् प्रेस वक्तव्य

    काठमाडौं – नेकपा एमाले पुनर्जीवित भएपछि बसेको पहिलो बैठकले शुक्रबार गरेका निर्णयहरू सार्वजनिक भएका छन् ।

    पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस वक्तव्य जारी गर्दै निर्णयबारे जानकारी गराएका छन् ।

    पार्टीले निर्वाचन आयोगले पत्राचार गरेजस्तो १५ दिनभित्र पार्टी एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।

    नेकपा एमालेका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदलाई फिर्ता लिन निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ । बाधाअड्काउ फुकाउबाट संगठनात्मक निर्णय समेत गरिएको वक्तव्यमा उल्लेख छ ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गर्दै महाधिवेशनको मिति तोकेका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् ।

    २०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । अब अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खोसिएको छ ।

    बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

    बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सहभागी गराइएको थिएन । सर्वाेच्च अदालतबाट नेकपा बदर भएपछि अब कारवाही गर्ने शृंखला नेकपा एमालेमा सरेको छ । अदालतको फैसलापछि ब्युतिएको नेकपा एमालेमा औपचारिक बैठक नबस्दै अन्तरसंघर्ष देखिएको छ ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक राखेर नेता माधवकुमार नेपाल र भीम रावल लगायतलाई कारवाही गर्दै जिम्मेवारी खोसेको छ ।

    बैठकले माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादल’सहित २२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । अध्यक्ष ओलीले बादल नेतृत्वको पूर्व माओवादी पक्षका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् ।

    यी हुन् केन्द्रीय सदस्य मनोनित नेताहरू 

    १) रामबहादुर थापा
    २) टोपबहादुर रायमाझी
    ३) लेखराज भट्ट
    ४) मणिचन्द थापा
    ५) प्रभू साह
    ६) टंक आङबुहाङ

    ७) पासाङ शेर्पा
    ८) ज्वाला साह
    ९) टेकबहादुर बलामी
    १०) कमल जंग
    ११) मनोज थापा
    १२) विषमलाल अधिकारी

    १३) लिलाबहादुर थापा
    १४) दधिराम न्यौपाने
    १५) दिनेश पन्थी
    १६) नवीन रोका
    १७) धर्मराज रेग्मी

    १८) डम्बर विष्ट
    १९) गौरीशंकर थारु
    २०) झपट बोहरा
    २१) दावा लामा
    २२) चन्द्रबहादुर खड्का

    शुक्रबारको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराई नियुक्त दिएका छन् । विभागमा यसअघि माधवकुमार नेपाल रहेका थिए ।

    बैठकले सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई जिम्मेवारी तोकिएको छ ।

    बाग्मती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा ‘बादल’लाई तोकिएको छ भने १ नम्बर प्रदेशमा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ ।

    केन्द्रीय कमिटी सदस्यको बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ । 

    यस्तो छ वक्तव्य –

    ooo.jpg

    अध्यक्ष ओलीले एकतर्फी, एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन र जिम्मेवारी हेरफेर गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष ओलीले महाधिवेशनको मिति समेत तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका हुन् ।
     
    बैठक बानेश्वरमा रहेको होटेल अर्यालमा बसिरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend