आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डले ओली सरकार छाड्नेबित्तिकै यी २ मुख्यमन्त्रीको कुर्सी ढल्ने खुलासा

प्रचण्डले ओली सरकार छाड्नेबित्तिकै यी २ मुख्यमन्त्रीको कुर्सी ढल्ने खुलासा

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २७ २०७७

  • 40.2K
    SHARES

  • प्रचण्डले ओली सरकार छाड्नेबित्तिकै यी २ मुख्यमन्त्रीको कुर्सी ढल्ने खुलासा

    काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिनेबित्तिकै २ मुख्यमन्त्रीको कुर्सी ढल्ने खुलासा गरेका छन् ।

    बिहीबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तेह्रथुमको घोषणा सभा तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै सांसद बस्नेतले २ मुख्यमन्त्री तत्कालै हट्ने बताए ।

    ‘प्रचण्डले संघीय सरकारमा प्रधानमन्त्री ओलीलाई दिएको विश्वासको मत फिर्ता लिएमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भएका सुदूरपश्चिम तथा कर्णाली प्रदेशका मुख्यमन्त्री तत्काल हट्ने छन्,’ नेता बस्नेतले भने ।

    हाल माओवादी केन्द्रको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी लगायत मन्त्री सरकारमा छन् । यी मन्त्रीहरू ओली पक्षमा लागेका भएपनि माओवादी केन्द्रकै सांसद हुन् ।

    माओवादीप्रति आक्रामक रूपमा प्रस्तुत भएका नेता बस्नेतले आगामी चुनावमा नेकपा माओवादी केन्द्रको अस्तित्व नै समाप्त हुने दाबी गरेका छन् । उनले नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर समिक्षा गरी अगाडि बढ्नुपर्ने ठाउँमा पुगेको बताए ।

    ‘अबको निर्वाचनपछि माओवादी गूगलमा भेटिएला तर भूगोलमा भेटिँदैन,’ उनले भने, ‘प्रचण्डले नेतृत्व गरेको माओवादीले २०६४ सालमा २४० प्रत्यक्ष सिटमध्ये १२० सिट जित्न सफल भयो तर २०७४ सालमा आइपुग्दा घटेर ३६ सिटमा आइपुग्यो । त्यो ३६ सिट र समानुपातिक १७ गरी ५३ सिट पनि केपी ओलीको बैशाखी टेकेर प्रचण्डले प्राप्त गरेका हुन् ।’

    प्रधानमन्त्री ओलीकै कारण २०७४ सालमा एमालेले १२१ सिट जित्न सफल भएको बस्नेतले बताए । ओलीको नेतृत्वकै कारण प्रचण्डले एमालेलाई लुट्ने योजना असफल भएको भएको दाबी गर्दै सांसद बस्नेतले प्रचण्डको पार्टी अँध्यारो युगमा प्रवेश गर्ने र ओलीको पार्टी उज्यालो दिप भएर युग परिवर्तनमा अगाडि बढ्ने उनले बताए ।

    माओवादीले काटमार तथा हत्या हिंसाको माध्यमबाट मात्र समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताका साथ आफ्नो सिद्धान्त अगालेकोले त्यसैलाई जनयुद्धको नामाकरण गरेको स्मरण गर्दै उनले एमालेले शान्तिपूर्ण जनक्रान्तिको माध्यमबाट समाज परिवर्तन गर्न सकिने सिद्धान्त अवलम्बन गरेको बताए ।

    ‘सत्ता बन्दुकको नालबाट नभई जनताको मतबाट प्राप्त गर्ने एमालेको सिद्धान्त रहेको छ,’ उनले भने ।

    प्रधानमन्त्री ओलीको नेतृत्वले नेपाललाई विकसित मुलुकमा स्तरोन्नति गराउन सफल भएको बताउँदै बस्नेतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लडाकू समायोजनका नाममा करीब ३० अर्बभन्दा बढी घोटाला गरेको बताए । 

    एमाले मान्छे तर माओवादी वन मान्छे भएको बताउँदै उनले माओवादीको उग्रवाद तथा फासीवादविरुद्ध युवा संघ हिजो पनि लडेको र आगामी दिनमा पनि निरन्तर लडिरहने दृढता व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend