शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस आगामी चुनावमा पहिलो शक्ति बनेर काम गर्छ : गगन थापा

कांग्रेस आगामी चुनावमा पहिलो शक्ति बनेर काम गर्छ : गगन थापा

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २७ २०७७

  • 8.4K
    SHARES

  • कांग्रेस आगामी चुनावमा पहिलो शक्ति बनेर काम गर्छ : गगन थापा

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले नेपाललाई कम्बोडियाजस्तो निरंकुश र एकलौटी राज्यसत्ता बनाउने दुष्प्रयास भइरहेको बताएका छन् ।

    नेपाल शिक्षक संघ बागलुङको २० औं र २१ औं प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले प्रधानमन्त्रीले नेपाललाई ओलीकरणको बाटोमा हिँडाएको आरोप लगाएका छन् । 

    प्रहरी, प्रशासन, अदालत, मानवअधिकार, संवैधानिक निकाय र प्रेसलाई समेत धम्क्याएर सत्ताकब्जा गर्ने ओलीको रणनीतिले देशलाई दुर्घटनामा लैजाने खतरा रहेको नेता थापाले बताए ।

    ‘प्रधानमन्त्री ओलीले सबै संयन्त्र कब्जा गरेर सिंगो प्रजातन्त्र निल्दैछन्,’ थापाले भने, ‘कम्बोडियामा कांग्रेस थिएन, नेपालमा कांग्रेस छ, हामी त्यस्तो हुन दिँदैनौं ।’

    सबै राजनीतिक दल, प्रेस, मानवअधिकार, अदालत, संवैधानिक निकाय र प्रशासन कठपुतली बनाएर सत्ता कब्जा गर्ने ओलीको नियत ध्वस्त पार्ने नेता थापाले बताए ।

    ‘गत निर्वाचनमा २ पार्टी एक बनाएर नेकपामार्फत् सरकार चलाउँछौं, देशमा विकास र समृद्धि ल्याउँछौं भन्ने नेकपाको वैधानिकता समाप्त भएको छ,’ थापाले भने, ‘जुन पार्टी बनाउने भनेर मत मागियो, त्यही दल छैन, त्यही एजेन्डा छैन भने सरकार चलाइरहने नैतिक आधार पनि छैन । जनताको मत र विश्वासमाथि यत्ति धेरै धोका दिएर पनि अझै माफीसमेत माग्न नसक्ने कस्तो नेकपा हो ?’

    नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आएमा जान सकिने थापाले संकेत गरेका छन् । ‘कांग्रेसले नेतृत्व गर्न पाएमा केपी सरकारले पारेका भ्वाङ टाल्छ,’ थापाले भने, ‘आगामी निर्वाचनमा पहिलो शक्ति बनेर देशको समृद्धिका लागि काम गरेर देखाउँछ ।’

    थापाले रेल र पानीजहाज ल्याउने मात्र नभई चाहिने जनशक्ति उत्पादन गर्ने विकास कांग्रेसले गर्ने दाबी गरेका छन् । ‘शिक्षा क्षेत्रका विकृति हटाउने, दक्ष जनशक्ति उत्पादनका लागि कार्यक्रम बनाउने पहिलो एजेन्डा कांग्रेसको हुनेछ,’ थापाले भने, ‘अब रेमिट्यान्सले धानेको देश होइन, आफ्नै सबल अर्थतन्त्रले कमाएको बनाउने एजेन्डा कांग्रेससँग छ ।’

    कम्युनिस्ट सरकारले केही गर्छ कि भन्नेहरूलाई ओली सरकारको कामले गतिलो जवाफ दिइसकेकाले अब कांग्रेसको विकल्प नभएको समेत उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend