आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीतिरै ढल्कियो डा. बाबुराम भट्टराईसहित पूरै जसपा, प्रचण्डलाई झड्का !

केपी ओलीतिरै ढल्कियो डा. बाबुराम भट्टराईसहित पूरै जसपा, प्रचण्डलाई झड्का !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २७ २०७७

  • 6.7K
    SHARES

  • केपी ओलीतिरै ढल्कियो डा. बाबुराम भट्टराईसहित पूरै जसपा, प्रचण्डलाई झड्का !

    काठमाडौं – नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको प्रतिनिधि सभाको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीतिर ढल्किँदै गएको देखिएको छ ।

    बिहीबार जसपा पार्टी कार्यालयमा भएको शीर्ष नेताहरूको छलफलपछि प्रधानमन्त्री ओलीसँग संयुक्त वार्ता गर्ने निष्कर्ष निस्किएको छ ।

    यसअघि संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीसँग वार्ता नै गर्न नहुने र ओलीलाई सिधै निषेध गर्नुपर्ने बताउँदै आएका थिए । तर अब उनीहरू ओलीसँग वार्ता गर्न तयार भएका छन् । ओलीले माग पूरा गर्न सहमत भए सरकारमा साथ दिने जसपा नेताहरूको तयारी रहेको छ ।

    पार्टी कार्यालय बालकुमारीमा बिहीबार बसेको शीर्ष नेताहरुको बैठकले ओलीसँग भेटेर आफूहरुको मागबारे छलफल गर्ने निर्णय गरेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले यसअघि नै ओलीसँग भेटेर आफ्ना माग बताइसकेका छन् भने ओली माग पूरा गर्न सकारात्मक देखिएका छन् ।

    पार्टी बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो सहभागी रहेका थिए ।

    बैठकमा सहभागी ५ जना नेताहरूले नै साँझ ५ बजे प्रधानमन्त्री ओलीलाई भेट्ने तय भएको अध्यक्ष ठाकुरले बताएका छन् । ओलीसँग भेटेर रेशम चौधरीको रिहाइ लगायतका विषयमा छलफल गर्ने निर्णय भएको उनले बताए ।

    यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणका विषयमा डा. भट्टराईसँग छलफल गरेका थिए । तर अब भट्टराई समेत नेताहरू ओलीतिर ढल्किएपछि प्रचण्डलाई झड्का लागेको छ । प्रचण्डले आफूसहित नयाँ सरकार बनाउन चाहिरहेका बेला ओलीले यसै सरकारलाई टिकाउन खोजिरहेका छन् । जसपाको साथ पाउँदा ओली सरकार सुरक्षित हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend