आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको त्यो हर्कत, ओली गुटमा नराम्ररी बिझेपछि ...

माधव नेपालको त्यो हर्कत, ओली गुटमा नराम्ररी बिझेपछि ...

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २७ २०७७

  • 6.7K
    SHARES

  • माधव नेपालको त्यो हर्कत, ओली गुटमा नराम्ररी बिझेपछि ...

    काठमाडौं – नेपाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष पार्टी ब्यूतिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको पक्षसँग केही नरम देखिए पनि गुटगत भेलालाई जारी राख्दा शंका बढेको छ ।

    बुधवार राजधानी काठमाडौंमा बसेको नेपाल पक्षको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता औंल्याएको छ । तर यसरी नेपाल गुटले भेला गरेको कुरा ओली गुटलाई नराम्ररी बिझेको छ ।

    नेपाल पक्षले गुटगत भेला जारी राखेको भन्दै ओली पक्ष रुष्ट भएको छ । ओली पक्षले नेपाल पक्षमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारी बोकेर एमालेमा बितण्डा मच्चाउन सक्ने भन्दै सचेतता अपनाएको जनाएको छ ।

    भेलामा नेपाल पक्षले पार्टीका विभिन्न कमिटीका बैठक बसालेर पार्टीलाई चलायनमान बनाउन समेत अध्यक्ष ओलीसँग माग गरेको छ । तर ओली पक्षले भने बाहिर एक थोक भन्ने तरभित्र अर्कै रणनीति बनाउन सक्ने भन्दै त्यसको निगरानी समेत गरिने जनाएको छ ।

    नेपाल समूहले अब एमालेको एकता जोगाएर शक्तिशाली र जनप्रिय पार्टी बनाउने प्रमुख दायित्व अध्यक्ष ओलीकै भएको निष्कर्ष निकालेको छ ।

    यसको प्रतिक्रिया स्वरूप प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको गृहकार्य बोकी नेकपा एमालेमा बसेर प्रधानमन्त्रीको राजीनामा नमाग्न चेतावनी दिइसकेका छन् । 

    बुधवार साँझ सामाजिक सञ्जालमा लेख्दै थापाले प्रधानमन्त्री ओलीले किमार्थ राजीनामा नदिने दाबी गर्दै एमालेमा बसेर यस्तो कोसिस गर्न नखोज्नु नै श्रेयस्कर हुने बताए ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्‍यो रे ! वाहियात, यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्न । प्रचण्डको गृहकार्य बोकी नेकपा (एमाले) मा बसेर यस्तो कोसिस गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ,’ उनले लेखेका छन्, ‘राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हविगत भयो र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बरु बुद्धिमतापूर्ण हुन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend