आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डको माओवादी केन्द्रमा अर्काे विद्रोह : यी ५ सांसद एमालेतिर जाने तयारीमा

प्रचण्डको माओवादी केन्द्रमा अर्काे विद्रोह : यी ५ सांसद एमालेतिर जाने तयारीमा

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २६ २०७७

  • 11.3K
    SHARES

  • प्रचण्डको माओवादी केन्द्रमा अर्काे विद्रोह : यी ५ सांसद एमालेतिर जाने तयारीमा

    काठमाडौं – सर्वाेच्च अदालतको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै पार्टी भइसक्दा समेत गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत मन्त्री र नेताहरू माओवादीतिर फर्किने संकेत देखिएको छैन । 

    मन्त्री लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू शाह, मणि थापा, गौरीशंकर चौधरी लगायत पूर्व माओवादी नेताहरू पार्टी ब्यूतिनु अघिदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका थिए ।

    माओवादी केन्द्रका ठूल्ठूलै नेताहरू एमालेतिर लागेको बेला अर्काे ठूलो विद्रोह हुने देखिएको छ । २ नम्बर प्रदेशका माओवादी केन्द्रका ५ सांसदहरूले माओवादी छाडेर नेकपा एमालेमा जाने गरी तयारी अगाडि बढाएका छन् ।

    प्रदेशसभा सांसदहरू रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिरले माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरिरहेको नेकपा एमाले स्रोतले जनाएको छ ।

    माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले एमालेमा जाने कुरा छलफलको विषयवस्तु रहेकाले अहिले नै केही भन्नु उचित नरहेको बताएका छन् । 

    ‘राजनीति एकल विचारबाट गर्ने कुरा नभएकोले हामी सबै जना मिलेर सामूहिक निर्णय गरेका थियौं । माओवादी केन्द्रमै रहने कि छाड्ने भन्ने सवालमा हामीहरु एकजुट भएर छलफल गरेपछि निष्कर्ष निकाल्छौं,’ उनले भने ।

    पार्टी विभाजन भएपछि माओवादी केन्द्र कमजोर हुँदा अधिकांश नेता कार्यकर्ताको मोह एमालेतिर देखिएको छ । पार्टी एकता गरेर बनेको नेकपामा कतिपय नेताहरू घुलमिल भइसकेकाले माओवादी नेताहरूलाई एमालेतिर तान्न सजिलो भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend