काठमाडौं – नेकपा एमालेभित्रै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठीक पार्न वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।
यसअघि नेकपा हुँदा नेपाल पक्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संघर्ष गर्दै आएको थियो । सर्वाेच्च अदालतले नेकपा विवादको फैसला सुनाउँदै एमाले र माओवादी केन्द्र ब्यूताएपछि अब नेपाल पक्ष एमालेभित्रै ओलीविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको छ ।
नेकपा एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्न तयारीमा रहेको बुधबार भएको नेपाल पक्षका केन्द्रीय कमिटीको भेलाले बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
पूर्व माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष पद विधिसंगत रूपमा दिनुपर्ने एजेन्डा समेत नेपाल पक्षले उठाउने भएको छ । बुधवार भएको भेलामा नेपाल पक्षका ६० जना केन्द्रीय सदस्यको उपस्थिति रहेको छन् ।
भेलामा सहभागी अधिकांश केन्द्रीय सदस्यले एमाले विघटन आफूहरुले नभई अध्यक्ष केपी शर्मा ओलीले गरेकाले डराउनु नपर्ने धारणा समेत राखेका छन् ।
एमाले पार्टी कमिटीमा पनि कमजोर नभएका कारण केपी ओलीका खराब प्रवृत्तिविरुद्ध पार्टीमै रहेर संघर्ष गर्न सकिने समेत नेपाल पक्षको निष्कर्ष रहेको छ । नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको भेलामा नेताहरुले धारणा राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।