आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्व माओवादीका यी ५ सांसदको निष्कर्ष : सांसद पद छाड्ने, केपी ओलीलाई नछाड्ने

पूर्व माओवादीका यी ५ सांसदको निष्कर्ष : सांसद पद छाड्ने, केपी ओलीलाई नछाड्ने

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २४ २०७७

  • 19.1K
    SHARES

  • पूर्व माओवादीका यी ५ सांसदको निष्कर्ष : सांसद पद छाड्ने, केपी ओलीलाई नछाड्ने

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका बेला केपी शर्मा ओली समूहतिर घोषित रूपमै लागेर मन्त्री भएका पूर्व माओवादी सांसदहरू अब नेकपा एमालेतिरै रहने भएका छन् ।

    हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पूर्व माओवादीका ७ जना नेताहरू मन्त्री छन्, जसमध्ये ५ जना सांसद छन् ।

    सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताएपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा पूर्व माओवादीका सांसदहरूले दल त्याग ऐनअनुरूप सांसद पद गुम्ने स्थिति आए पनि आफूहरू ओलीतिरै रहने निष्कर्ष निकालेका छन् ।

    ‘बरु हाम्रो संसद सदस्यता जाओस्, त्यसमा केही चिन्ता छैन,’ पूर्व माओवादी एक सांसदले प्रधानमन्त्री ओलीसँग भने, ‘हामी एमालेतिरै हुन्छौं प्रधानमन्त्रीज्यू । जुन विन्दुमा आवश्यक पर्छ, त्यो विन्दुमा गएर हामी सांसद पद छाड्छौं तर तपाईंलाई छाड्दैनौं ।’

    नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी ५ जना सदस्यहरू मन्त्रिपरिषदमा सहभागी रहेका छन् । ओली मन्त्रिपरिषदमा सामेल २ जना सांसद बनिसकेका छैनन् ।

    नेकपा माओवादी केन्द्रका शक्तिशाली नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेका छन् । उनी राष्ट्रियसभा सदस्य समेत हुन् । प्रतिनिधि सभामा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् । कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका छन् । कैलालीकै सांसद गौरीशंकर चौधरी श्रम मन्त्री रहेका छन् । रौतहट क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रभू शाह शहरी विकास मन्त्री रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend