काठमाडौं – सर्वाेच्च अदालतले नेकपा विवादमा आईतबार फैसला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्यूताइदिएको छ ।
तत्कालीन नेकपा एमालेमा महासचिव थिए ईश्वर पोखरेल । पार्टी एकता हुँदा पोखरेलको महासचिव पद खोसिएर विष्णु पौडेल महासचिव बनेका थिए ।
एमाले ब्युतिएसँगै पोखरेलको महासचिव पद पनि ब्यूतिएको छ । यससँगै महासचिव पोखरेलले अदालतको फैसलाप्रति खुसी व्यक्त गरेका छन् ।
उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले सर्वोच्च फैसलाको स्वागत गरेका छन् । सर्वाेच्च अदालतले गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने सम्बन्धी फैसलालाई लिएर पोखरेलले सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
पोखरेलले लेखेका छन्, ‘विगतको वस्तुनिष्ठ समीक्षा र त्यसैको जगमा अघि बढ्नुपर्ने आवश्यकतालाई सर्वोच्च अदालतको फैसलाले औंल्याएको छ । बुझ्नुपर्ने सबैले बुझ्नैपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।