काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बल्झिएका बेला प्रतिनिधि सभाको सातौं अधिवेशन आज आईतबारदेखि सुुरू हुुँदैछ ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि आज प्रतिनिधि सभाको सातौं अधिवेशन बस्न लागेको छ ।
यसअघि नेकपा भित्रको विवाद तीब्र भएपछि प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरे पनि अदालतले त्यसलाई बदर गरिदिएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज आईतबार अपराह्न ४ बजेका लागि प्रतिनिधि सभाको पहिलो बैठक आह्वान भएको थियो ।
यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने स्रोतले जनाएको छ । तर नेकपाको दल नेता को भन्ने विवाद देखिने भएकाले यसलाई हटाउन सक्ने सम्भावना समेत रहेको स्रोतले जनाएको छ ।
संसद सचिवालयको सम्भावित कार्यसूचीमा संसदसमक्ष प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले विधेयक पेश गर्ने उल्लेख छ ।
यस्तो छ सम्भावित कार्यसूची –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।