काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतम घरभित्रै हिँड्दा–हिँड्दै लडेर घाइते भएपछि उनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली घरमै पुगेका छन् ।
घाइते गौतमलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीस्थित उनको निवासमा अकस्मात पुगेका छन् ।
ओली उपाध्यक्ष गौतमको निवासमा केहीबेरअघि पुगेका जनाइएको छ ।
उपाध्यक्ष गौतम केही दिनअघि घरमै लडेर सामान्य घाइते भएको र घाइते गौतमलाई भेट्न प्रधानमन्त्री ओली निवासमै पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
गौतमका स्वकीय सचिव दीपक टमाटाका अनुसार गौतम घरभित्रै लडेर घाइते भएका थिए ।
गौतमको आँखामा सामान्य चोट लागेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।