काठमाडौं – १ नम्बर प्रदेशको प्रदेश सभामा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल गर्नुपर्ने एजेन्डा रहेको बैठक २ हप्तासम्म सरेको छ ।
फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए भने फेरि बैठक सरेको छ ।
बैठक बस्नुपर्ने दिनभन्दा १ दिनअघि बुधवार प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर प्रदेशसभा बैठक चैत २ गतेसम्म सारेको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधवार सूचना जारी गर्दै फागुन २० गते बोलाइएको बैठक विशेष कारणले सरेको जनाएका छन् । पराजुलीका अनुसार अबको बैठक चैत २ गते सोमवार साढे १२ बजे बस्ने गरी तोकिएको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेको थियो । अविश्वास प्रस्तावमाथि हालसम्म प्रदेश सभामा छलफल भएको छैन । बैठक सर्दै आएको छ ।
यस्तो छ सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।